Like us!
Follow us!
Connect us!
Watch us!

इथोसको ‘कसरी भनु म’ सार्वजनिक (भिडियोसहित)

शुक्रबार, २९ चैत्र २०७५, ०९ : ०१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं –चर्चित आर एन बी समूह इथोसद्वारा नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । ‘कसरी भनु म’ बोलको गीत युट्युबमार्फत बिहीबार सार्वजनिक भएको हो । गीतमा अजय शम्शेर राणा, सञ्जय चौधरी र भारतीय चर्चित अण्डर ग्रराउण्ड  र्यापर एडिए ब्वाईको संयुक्त आवाज छ ।

गीतमा शब्द संगीत अजय शम्शेर राणा र सञ्जय चौधरीको रहेको छ । म्युजिक भिडियोको निर्देशन गायक राणा आफैले गरेका छन् । म्युजिक भिडियाकोे छायाँकन थाइल्याण्डका विभिन्न सहरमा गरिएको छ ।

इथोसले यस अघि नक्कली मैया, सुस्तरी–सुस्तरी, झ्यालैमा, गल्ती मेरो छैन् लगायतका चर्चित गीतहरु बजारमा ल्याइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको