Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि माइक्रोफाइनान्सले  तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक , कस्तो छ अवस्था ?

सोमबार, ०२ बैशाख २०७६, १३ : ३२ मा प्रकाशित

एनएमबि माइक्रोफाइनान्सले   तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक , कस्तो छ अवस्था ?

अर्थ संसार, काठमाडौं -एनएमबि माइक्रोफाइनान्सले  चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । माइक्रोफाइनान्सले गत वर्षको यस अवधिको तुलनामा १ करोड १४ लाख ७४ हजार रुपैयाँले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

माइक्रोफाइनान्सले ३ करोड ३२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको वित्तीय विवरण प्रकाशन गरेको छ । यो नाफा गत वर्षको यस अवधिको तुलनामा १ करोड १४ लाख ७४ हजार रुपैयाँले बढी रहेको देखाएको छ  । गत वर्ष २ करोड १८ लाख ७ हजार रुपैयाँ खुद्रा नाफा कमाएको थियो । 

माइक्रोफाइनान्सले ९६ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै १ अर्ब ८७ करोड २० लाख रुपैयाँ सापटि लिएको छ ।

माइक्रोफाइनान्सले यस अवधिमा खुद ब्याज आम्दानी १४ करोड ३० लाख रुपैयाँ गरेको छ । यो गत बर्ष ११ करोड ९३ लाख रुपैयाँ थियो ।

१६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको जगेडा कोषमा ११ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।
माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात पनि सुधार भएको छ । यो अनुपात २.९३ बाट झरेर २.४५ प्रतिशत कायम छ ।

माइक्रोफाइनान्सको प्रति शेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ३९ पैसा, प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ०६ पैसा र मूल्य आम्दानी अनुपात ३६.५५ गुणा बढी छ । 

बजारमा यस कम्पनीको शेयर १००१ रुपैयाँ (गत क्लोजिङ) मा कारोबार हुँदै छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको