सोमबार, ०९ बैशाख २०७६
सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेञ्चुरी सबैको खाता’
सोमबार, ०२ बैशाख २०७६

अर्थ संसार, काठमाडौँ-सेञ्चुरी कमर्सियल बैंकले नेपाल सरकारको ‘समृद्धिसंग जोडौं नाता स् सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ ।

शुन्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज भुतmानी गरिने छ । साथै रु. २५०/-( मा ५ वर्षको लागि डेबिट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वएंमले रु १००/- ( सो खातामा जम्मा गरिदिनेछ । 

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ। 
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved