Like us!
Follow us!
Connect us!
Watch us!

पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी

सोमबार, ०२ बैशाख २०७६, १५ : ५० मा प्रकाशित

पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी

अर्थ संसार, सियोल– उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । 

चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लाग्नुभएका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ । 

स्रोतले योनहापलाई भनेको छ, “रुसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउँदै हुनुहुन्छ । त्यही समयमा दुबै नेताबीच रुसमै भेटवार्ता हुने सम्भावना छ ।”

राष्ट्रपति पुटिन आगामी अप्रिल २६–२७ मा बेइजिङमा आयोजना हुने “वान बेल्ट, वान रोड” अर्थात् बिआरआईको सम्मेलनमा सहभागी हुनुहुनेछ । 

मस्कोले कोरियाली नेतासँगको भेटवार्ताका बारेमा केही बताएको छैन, तर रुसको सरकारी समाचार संस्था तासले मार्चमा प्रकाशन गरेको एक समाचारमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै मस्को र प्योङयाङबीच किमको भ्रमणका विषयमा छलफल भइरहेको जनाएको थियो । ती प्रवक्ताले जतिसक्दो चाँडो किमसँगको भेटवार्ताका बारेमा निर्णय लिइने बताएका थिए ।

दुबै देशका नेताबीचको भेटवार्ताकै सन्दर्भमा दुबै देशका वरिष्ट कुटनीतिक अधिकारीहरुको भेटघाट पछिल्ला दिनमा बाक्लिएको छ । 

किम जोङ–अनका अति निकट ठानिएका किम चाङ–सोनले गन मार्च १९ देखि २५ सम्म मस्को र भ्लाडिभोस्टकको भ्रमण गर्नुभएको थियो । नेता किमको विदेश भ्रमणका सन्दर्भमा सम्पूर्ण तयारीको जिम्मेवारी किम चाङले हेर्ने गर्नुभएको छ ।

यसै महिनाको शुरुमा रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोच्सेभले प्योङयाङको भ्रमण गर्नुभएको थियो । पुटिनले गत वर्ष मे महिनामै नेता किमलाई रुस भ्रमणको निम्ता दिनुभएको थियो, तर भ्रमण हुन सकेको थिएन ।

उत्तर कोरियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रुअरीको भियतनामको हनोईमा सम्पन्न वार्ता बिफल भएसँगै रुससँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिएको छ । 

नेता किमले गत वर्षयता नै चीनको चार पटक भ्रमण गरिसक्नु भएको छ । तर सन् २०११ मा सत्तामा आएपछि नेता किमले रुसको भ्रमण गर्नुभएको छैन । 
रासस-योनहाप

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको