Like us!
Follow us!
Connect us!
Watch us!

ओपोको नयाँ एफ११ प्रोमा राईजिङ क्यामेरा सेल्फी फञ्सनलाई नयाँ उचाई दिने लक्ष्य

मंगलबार, ०३ बैशाख २०७६, ११ : ०५ मा प्रकाशित

ओपोको नयाँ एफ११ प्रोमा राईजिङ क्यामेरा सेल्फी फञ्सनलाई नयाँ उचाई दिने लक्ष्य

अर्थ संसार, काठमाडौं–  ओपोको लोकप्रिय एफसिरिज अन्तर्गत सार्वजनिकहुनेतयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ प्रोमाकम्पनीले नयाँक्यामेरा प्रणालीको प्रयोग गरेको छ ।

नयाँक्यामेरा प्रणाली अन्तर्गत फोनको अघिल्तिर राइजिङ क्यामेरा र रियर क्यामेराको रुपमा ४८ एमपीक्षमताको क्यामेरा उपलब्धगरिएका छन् ।एफसिरिज अन्तर्गतकाउत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभवदिने सोचका साथ यसमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइन र पानारोमिक स्क्रिनपनि उपलब्ध गरिएका छन् ।
 
राईजिङ क्यामेरा डिजाइनका साथमा सेल्फी फञ्सनलाई नयाँउचाई दिने योजना ‘सरलता नै परिस्कृतिकरणको उत्कृष्ट रुप हो’, दा भिन्चिले  भनेका छन । यथाःसम्भव सरल र सुब्यव स्थित डिजाइन सहितको एफ११ प्रोको बर्णणका लागि पनि यी शब्दको प्रयोग गर्न सकिन्छ । स्मार्टफोनको डिजाइन अनुकुलन गरी फोनको माथिल्लो मध्यभागमा १६एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । आवश्यकता अनुसार राइजहुने (निस्कने) र प्राकृतिक देखिने सेल्फीलिन सघाउने यो राईजिङ क्यामेराले फोनको बेजल घटाउन सघाएको छ ।

१६एमपी फ्रण्ट कयामेरा लुकाउन सघाउने, स्लाइडिङ प्रणाली अवलम्बनगरिएको यो प्रविधिले नोचलाई विस्थापनगर्न सघाएको छ साथै यसको पारदर्शी डिजाइनले सटिक टचप्रदान गर्छ । फोनको शानदारपानारोमिक स्क्रिन डिजाइनले फ्रण्ट क्यामेरा लुकाएर फोनलाई नोच लेस बनाउनुका साथै फुल स्क्रिन अनुभवपनिप्रदान गर्छ ।

परम्परागत मोबाइलसंग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्यपस्किने छ । यसले मोबाइल गेमर्स तथामूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने निश्चित छ । 

विश्वभरका यूवामाझलोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथाआफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत/सेयर गर्न, नव प्रबर्तनात्मक प्राविधिक विकास उपलब्ध गराउन सदैव प्रतिबद्ध छ । ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिकलोकप्रिय फञ्सनका रुपमालिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । समयसंगै ओपोले यसमानिरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फीप्रविधितथा फ्रण्ट क्यामेरामानवप्रबर्तन उपलब्ध गराउँदै गयो । सेल्फीकलालाई दृष्टिगत गर्दै पस्किएकायीनवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापितगर्यो भने वैश्विक रुपमै एक सर्वाधिकलोकप्रियतथा रुचाइएको ब्राण्डको पहिचानपनिदिलायो । फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्ता माझ लोकप्रिय हुनुका साथै यसैले ओपोको स्थानबजारमा दरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमा पनि उभ्यायो । निरन्तर नव प्रबर्तन तिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थअफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गरायो । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमाथप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफसिरिजलाई थपनयाँउचाई र लोकप्रियताप्रदानगर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापितगर्न कम्पनीअग्रसर देखिएको छ ।

एफ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ ,विशेष स्मार्टफोन फोटोग्राफीकै लागिविकसितओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशनउपलब्धगरिएको छ । यो प्रणालीले स्वचालित रुपमाखिच्नलागिएकादृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसंग मिलान गर्छ ।

अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रितहुँदै रातको समयमाखिचिएकापोट्रेटमा छालाको रंग मिलानगर्दै तस्विरलाई जीवन्तताप्रदान गर्छ । साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने, अत्यधिकचमकभएमा हटाउने, गतिशीलदायरामा सुधार गरी रातीखिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ । हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन मार्फत ओपो एफ११ र एफ११ प्रोले अदृतियक्यामेरा क्षमताप्रदानगर्दै, यूवाउपभोक्तालाई जगत् तथाआफ्ना अविस्मर्णिय क्षणहरु रेकर्ड गर्न सक्षम तुल्याउँछ ।

यीफिचर्सका साथै, ओपो एफ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोन संग सम्बन्धितअत्यधिकतात्ने, ल्यागहुने, ब्याट्री लगायत समस्याको सामाधान उपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमाउत्कृष्टता दिने प्रयास गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको