Like us!
Follow us!
Connect us!
Watch us!

महोत्सवमा २५ लाख मूल्यको आलुको कारोवार

मंगलबार, ०३ बैशाख २०७६, १२ : १८ मा प्रकाशित

महोत्सवमा २५ लाख मूल्यको आलुको कारोवार

अर्थ संसार, पोखरा- विष्णुपादुका क्लबले कास्कीको हेमजामा आयोजना गरेको दशौँ राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोवार भएको छ । ‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिवार खाऊँ, आलु एक परिवार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोवार भएको हो ।

गत चैत २२ देखि वैशाख १ गतेसम्म आयोजित सो महोत्वसमा ६५ हजार दर्शकले अवलोकन गरेको झाँकी तथा खरीद–बिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो । महोत्सवअन्तर्गत आयोजित राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा प्रथम, बाराही रोधिघर पोखरा द्वितीय एवम् दर्पणछायाँ दोहोरी पोखरा र गण्डकी प्रदेश दोहोरी प्रतिष्ठान सान्त्वना हुन सफल भएका थिए ।

त्यसैगरी रत्यौली प्रतियोगितामा नमूना आमा समूह प्रथम, आर्वाविजय आमा समूह द्वितीय र गौरीशङ्कर आमा समूह तृतीय, इन्द्रेणी आमा समूहले सान्त्वना एवम् राधाकृष्ण आमा समूह लुठोमा उत्कृष्ट भई पुरस्कृत भएका थिए ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्रदेशले भूउपयोग नीति ल्याउने तयारी गरेको उल्लेख गर्दै जग्गाको खण्डकीकरणलाई निरुत्साहित गर्दै जमीनको वर्गीकरण गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका–२५ का अध्यक्ष शोभाकर तिम्सिनाले महोत्सवले हेमजालाई विश्वसामु परिचित गराउन सफल भएको उल्लेख गर्दै कृषि क्षेत्रलाई खण्डीकरण गर्न नदिने स्पष्ट पार्नुभयो । पूर्वसांसद शारदा पौडेल, नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा० हेमजाका संयन्त्र सदस्य माधवशरण पौडेल, सल्लाहका रामचन्द्र त्रिपाठी, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक चन्द्रकान्त तिमिल्सिनालगायतले कृषिमा व्यावसायिक एवम् आधुनिकीकरणको खाँचो औँल्याउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको