Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले तिरेन ३९ अर्ब ६ करोड आयकर

कृष्ण भट्टराई

बुधबार, ०४ बैशाख २०७६, ०८ : ३१ मा प्रकाशित

एनसेलले तिरेन ३९ अर्ब ६ करोड आयकर

अर्थ संसार, काठमाडौं– ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने आयकर निर्धारण गरेको छ । कार्यालयका अनुसार कम्पनीले आयकर, शुल्क, ब्याज, विलम्ब शुल्क गरी कुल ३९ अर्ब ६ करोड रुपैयाँ दाखिला गर्न बाँकी छ । अहिलेसम्म एनसेलले ठूला करदाता कार्यालयमा पुँजीगत लाभकर २१ अर्ब ५४ करोड ८० लाख र विलम्ब शुल्क दुई अर्ब दुई करोड रुपैयाँ बुझाएको थियो । 

ठूला करदाता कार्यालयले मंगलबार एनसेल प्रालिका नाममा उक्त रकम निर्धारण गर्दै आठ दिनभित्र दाखिला गर्न निर्देशन दिएको छ । टेलिया सोनेरा कम्पनी स्विडेनले मलेसियाको एक्जिएटा बरहादलाई एक खर्ब ४३ अर्ब ६५ करोडमा एनसेल बिक्री गरेको थियो । 

-आयकर ऐन, २०५८ बमोजिम २५ प्रतिशतले हुने कर : ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय 

-उक्त ऐनबमोजिमको विलम्ब शुल्क : १८ अर्ब ३३ करोड ७ लाख ३६ हजार  

-ऐनबमोजिमको ब्याज (०७६ वैशाखसम्म) : ८ अर्ब ३९ करोड ८ लाख १२ हजार 

-कुल : ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार 

-दाखिला गरेको रकम : २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार 

-अब बाँकी : ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको