Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ आवेदन फारम खुल्ला

विहीबार, ०५ बैशाख २०७६, ११ : ४४ मा प्रकाशित

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ आवेदन फारम खुल्ला

अमृता भण्डारी 

अर्थ संसार, काठमाडौं –सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६को आवेदन फारम धमाधम वितरण भइरहेको छ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्यूजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताउनुभयो ।

नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने सामना म्युजिक क्रियसन कि अध्यक्ष सामना शाहले बताउनुभयो ।

गायक गायिकाको हक मा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने भएका छन । फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १५ गते सम्म भर्न सक्ने ब्यावस्था मिलाइएको छ । आबेदन फारम अनामनगर स्थित सामना म्यूजिक क्रियसन प्रा लि को कार्यालयमा बाट प्राप्त गर्न सकिने भएको छ । साथै फोन नं ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सामना म्यूजिक क्रियसन प्रालीका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।,

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको