Like us!
Follow us!
Connect us!
Watch us!

‘देश बन्दैछ : केही नयाँ हुँदैछ’

विहीबार, ०५ बैशाख २०७६, २१ : ३२ मा प्रकाशित

‘देश बन्दैछ : केही नयाँ हुँदैछ’

रमेश लम्साल र सिबी अधिकारी 

अर्थ संसार, काठमाडौं – सरकारी निकाय र निर्माण व्यवसायीले इमान्दार भएर काम गरे ठूला विकास निर्माणका कामले गति लिन सक्छ भन्ने उदाहरण नयाँ वर्ष लागेपछि निरन्तर रुपमा सार्वजनिक भएका छन् ।  यस मुलुकमा केही भएकै छैन, मात्र भ्रष्टाचार भएको छ, सरकार पूरै असफल भएको छ, प्रधानमन्त्री र मन्त्रीहरु गफ मात्रै दिन्छन् भन्नेका लागि विकासका पछिल्ला उदाहरण स्वतः जवाफका रुपमा उपस्थित हुन्छन् । यिनले जनतामा लोकतन्त्रप्रतिको आस्थालाई मजबुत बनाउन सहयोग मात्रै गर्दैनन्, आशा र विश्वासको सञ्चार पनि गर्छन् ।    

आर्थिक विकासका लागि रणनीतिक महत्वका ठूला भौतिक पूर्वाधारका आयोजनाको पछिल्लो प्रगतिले देशमा केही नयाँ हुँदैछ भन्ने सन्देशसमेत दिएको छ । नयाँ वर्ष लागेलगत्तै राष्ट्रिय महत्वकोे आयोजनाका रुपमा रहेको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ३ गते सो आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको घोषणा गर्नुभयो । 

यस्तै बुधबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएको जानकारी आएको छ । लामो समयसम्म विवादमा फसेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुग्न लागेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणका दुई रुग्ण आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन हुने चरणमा पुगेका छन् । 

पछिल्लो पटक सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा विशेष ध्यान दिएका कारण आयोजना एकपछि अर्को गर्दै सम्पन्न हुने चरणमा पुगेका हुन् । यस्तै हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशीको पनि निर्माण प्रक्रियाले गति लिएको छ । सो आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत भएको छ । रासस

5cb89ed2d0671.jpg 5cb89ed601402.jpg 5cb89ed952e13.jpg 5cb89f0da2237.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको