Like us!
Follow us!
Connect us!
Watch us!

दीलिपले अलिशालाई किन भने ‘मान्छे फकाएर आफ्नो हुँदैन"

शुक्रबार, ०६ बैशाख २०७६, १३ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ- डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् ।

चर्चित लोक गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत बिनोद पराजुलीको रहेको छ । गीतका शब्द मिठास भरिएका तथा जनजिब्रोमा झुन्डिने खालका छन् ।

शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत  छिट्टै लोकप्रिय हुने बिश्वास आफुलाई रहेको गायक बद्रीले बताए । काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको