Like us!
Follow us!
Connect us!
Watch us!

सस्तोमा जुत्ता चप्पल किन्ने हो ? काठमाडौं फुटवेयर विजनेस एक्स्पोमा ६० प्रतिशतसम्म छुट (फोटोफिचर)

शुक्रबार, ०६ बैशाख २०७६, १५ : ३४ मा प्रकाशित

सस्तोमा जुत्ता चप्पल किन्ने हो ? काठमाडौं फुटवेयर विजनेस एक्स्पोमा ६० प्रतिशतसम्म छुट (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– सस्तोमा नेपाली जुत्ता किन्न चाहनु हुन्छ ? राजधानीको भृकुटी मण्डपमा काठमाडौं फुटवेयर विजनेस एक्स्पो भइरहेको छ ।

मेलामा मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरु बिएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्याण्ड र ग्याज फेसनलगायतका ६ वटा जुत्ताचप्पल उत्पादक कम्पनी सहभागी छन् ।

मेलामा ग्राहकलाई जुत्ताचप्पल खरिदमा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइने विएफ डियरहिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले उद्घाटनका अबसरमा जानकारी दिए । मेलामा नेपालमा चलेका अधिकांश प्रतिष्ठित जुत्ताचप्पल उत्पादकलाई एउटै छानामुनि समेटिएको छ ।

जुत्ताचप्पलका सेल मेला बेलाबेलामा हुने गरे पनि स्वदेशमै जुत्ताचप्पल उत्पादन गरेर आफूलाई स्थापित गरेका ब्राण्डको एकै ठाउँमा सहभागी भएर मेला गरेको पहिलो पटक भएको आयोजकको दावी छ ।

मेलामा महिलाका लागि समेत दर्जनौ भेराइटीका जुत्ताचप्पल उपलब्ध छन् । गर्मीमा चप्पलको सिजन सुरु भएकाले दर्जनौ मोडलका चप्पल मेलामै लन्च गरिएको रनसुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए ।

मेलामा आफ्नो आवश्यकताअनुसार विभिन्न ब्राण्ड र मोडलका जुत्ताचप्पल छानेर लिन पाउने अबसर उपलब्ध हुने न्यौपानेले दावी गरे । मेलामा ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल छन् । गर्मी, स्कुल कलेजको भर्ना सिजन र नयाँ बर्षलाई लक्षित गरेर उत्पादन गरिएका नयाँ मोडलका जुत्ताचप्पल मेलाका आकर्षण हुनेछन् ।

नेपाली जुत्ताचप्पल उद्योगी समुहले विराटनगर र हेटौंडामा मेला गरेपछि काठमाडौंका उपभोक्तालाई लक्षित गरेर काठमाडौं जुत्ताचप्पल ब्यापार मेला आयोजना गरेको हो । मेलाको बुधबार चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यब्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लवका संचालक जितु नेपालले उद्घाटन गरेका थिए ।

5cb9b087c326f.jpg 5cb9b08c2cb2d.jpg 5cb9b08f85375.jpg 5cb9b0906f8dc.jpg 5cb9b09683906.jpg 5cb9b096b76ae.jpg 5cb9b09879a14.jpg 5cb9b098a1d88.jpg 5cb9b09a21e3f.jpg 5cb9b09b95716.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको