Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्काशनको लागि लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

शुक्रबार, ०६ बैशाख २०७६, १७ : ४६ मा प्रकाशित

हकप्रद निष्काशनको लागि लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो  विशेष साधारण सभा

अर्थ संसार, काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सले  बैशाख २५ गते विहान ११ बजे अमृतभोग क्याटरिङ्गस्, कालिकास्थान, काठमाडौंमा विशेष साधारण सभा डाकेको छ । 

साधारण सभामा इन्स्योरेन्सले हाल कायम चुक्तापूँजी ८८ करोड रुपैयाँको २० प्रतिशत अर्थात १० बराबर २ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

२० प्रतिशत हकप्रद निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्नेछ । त्यस अनुसार चुक्ता पूँजी बृद्धि गर्न इन्स्योरेन्सले हकप्रदको बाटो रोजेको हो ।

यस्तै इन्स्योरेन्सले हालको अधिकृत पूँजी एक अर्बबाट एक अर्ब २५ करोड रुपैयाँ पुर्याउने पनि विशेष प्रस्ताव गरेको छ ।

लुम्बिनी जनरल साधारण सभा प्रयोजनको लागि बैशाख १५ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार बैशाख १२ गते बिहीबार सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको