Like us!
Follow us!
Connect us!
Watch us!

५ खेल अगाबै युभेन्टसलाई इटालियन सिरी एको उपाधि

आइतबार, ०८ बैशाख २०७६, ०७ : ४९ मा प्रकाशित

५ खेल अगाबै युभेन्टसलाई इटालियन सिरी एको उपाधि

अर्थ संसार, काठमाडौं– फिओरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले इटालियन सिरी एको उपाधि जितेको छ । युभेन्टस पाँच खेल अगावै यो सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको हो ।

शनिबार फिओरेन्टिना विरुद्धको खेलमा एलेक्स सान्द्रोको गोल र जर्मन पेजेल्लाको आत्मघाती गोल युभेन्टसलाई लगातार आठौं सिरी ए उपाधि जिताउन पर्याप्त बन्यो । फिओरेन्टिनाले सुरूवातमा अग्रता लिएको थियो । युभेन्टसको मैदानमा भएको खेलको छैटौँ मिनेटमा निकोला मिलेनकोभिचले गोल गर्दै फिओरेन्टिनालाई अग्रता दिलाएका थिए ।

३७औं निेटमा एलेक्स सान्द्रोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ५३औं मिनेटमा जर्मन पेजेल्लाले आत्मघाती गोल गरेपछि युभेन्टसले २–१ को अग्रता लियो । फिओरेन्टिनाविरुद्धको जितसँगै युभेन्टसले पाँच खेल अगावै लिग जितेको हो । युभेन्टसले ३३ खेलबाट ८७ अंक जोडेको छ । जुन दोस्रो स्थानको नापोलीको भन्दा २० अंकले बढी हो । अब बाँकी ५ खेलमा हार व्यहोरे पनि युभेन्टस पछि पर्ने छैन ।

5cbbd1fb1ac2e.jpg 5cbbd2023bd59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको