Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकमा लगानी गर्नु अघि हेरौं कम्पनी विश्लेषण

आइतबार, ०८ बैशाख २०७६, ०८ : ०३ मा प्रकाशित

मेगा बैंकमा लगानी गर्नु अघि हेरौं कम्पनी विश्लेषण

कम्पनीले सहायक कम्पनीको रूपमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सञ्चालनमा ल्याएको छ । वैशाख २ गतेदेखि मेगा बैंकको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लिमिटेडबाट भइरहेको छ । ६२ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. १ सय ७८ र न्यूनतम रू. १ सय ५६ पुगेको छ । बिहीवार प्रतिकित्ता रू. १ सय ७७ मा ४६ हजार ६ सय ९१ कित्ता शेयर कारोबार भएको छ ।

मेगा बैंक : कम्पनी विश्लेषण(आइतवार, ८ वैशाख २०७६)

प्राविधिक विश्लेषण
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ७२ हजार ९९४ कित्ता शेयर खरीद र २७ हजार ५६ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा प्रतिफल पाउन सकिन्छ । आरएसआई ओभरसोल्ड जोन ७० दशमलव ०७ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ६६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १ सय ७७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ७८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ६९ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको