Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एग्रो लद्युवित्तको IPO बिक्री खुल्ला, गणपति र गुराँसको लाइनमा

आइतबार, ०८ बैशाख २०७६, ०८ : ३९ मा प्रकाशित

नेपाल एग्रो लद्युवित्तको IPO  बिक्री खुल्ला, गणपति र गुराँसको लाइनमा

अर्थ संसार, काठमाडौँ–  नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आइतबारदेखि खुल्ला भएको छ । संस्थाले ले १ करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री खुल्ला गरेको हो । 

नेपाल एग्रोले चुक्तापूँजीको ३२.५ प्रतिशतले दरले हुन आउने बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । सो संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत चैत १८ गते साधारण शेयर बिक्रीका लागि स्वीकृति पाएको हो । यस लद्युवित्तमा लगानी गर्न इच्छुक लगानीकर्ताले बैंशाख ८ गतेदेखि बैंशाख ११गतेदेसम्म आवेदन दिन सक्नुहुनेछ । यसको बिक्री प्रबन्धकमा  नेपाल एसबिआई क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै गणपति माइक्रोफाइनान्सले सोमबार ३ करोड ३५ लाख बराबरको तीन लाख ३५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । गणपतिले चुक्ता पूँजीको ३२.३७ प्रतिशत बराबरले हुन आउने साधारण शेयर बिक्री गर्न लागेको हो । बैशाख १२ गते शेयर आवेदन बन्द हुनेछ । यसको बिक्री प्रबन्धकमा       एनआइबिएल एस क्यापिटल रहेको छ । बोर्डबाट सो संस्थाले गत चैत ८ गते शेयर बिक्रीका लागि अनुमति पाएको हो ।

यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाले रु दुई करोड ५० लाख बराबरको दुई लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो संस्थाले गत चैत २६ गते शेयर बिक्रीका लागि स्वीकृति पाएको हो ।

 पछिल्ला दिनमा साधारण शेयर बिक्री गर्नेक्रम एकपछि अर्को गर्दै बढिरहेको छ । शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ ।

    जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर ती आयोजनाले कूल चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने करीब रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको