Like us!
Follow us!
Connect us!
Watch us!

युनिग्लोब कमलादीमा अब कानुनको पढाई

आइतबार, ०८ बैशाख २०७६, १६ : १९ मा प्रकाशित

युनिग्लोब कमलादीमा अब कानुनको पढाई

अर्थ संसार, काठमाडौं– कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ ।

उक्त विषयमा प्रकाश पार्ने उद्देश्यले विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी विधिवत् शुभारम्भको घोषणा गरियो । विद्यालयका प्रधानाध्यापक डा. करण सिंह ठगुन्नाले आजको देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका नुन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले हाल देशमा कानुन सम्बन्धी दक्षजन शक्तिको अभाव रहेको हुँदा
कानुन विषयको पठनपाठनको ठूलो आवश्यकता छ भन्दै युनिग्लोबले यस विषयको पठनपाठन
सुरु गर्न लागेकोमा खुसी प्रकटगर्नुभयो र यसका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग
गर्न आफू तत्पर रहेको बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको