Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

आइतबार, ०८ बैशाख २०७६, १६ : ५० मा प्रकाशित

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

अर्थ संसार, काठमाडौं– वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो ।

सो बैंकले चैतमसान्तस्म्म रु एक अर्ब छ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ । यस्तै आज माछापुच्छ्रे« बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर रु एक अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा रु ८५ करोड ४० लाख ५२ हजार १२१ थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९।९८ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ६० करोड १६ लाख ९६ हजार ८५६ पुगेकोे छ । रु आठ अर्ब ५ करोड ५६ लाख ९३ हजार चुक्ता पूँजी भएको बैंकले रु ८१ अर्ब १६ करोड ३१ लाख ६० हजार निक्षेप सङ्कलन गरेको छ ।

यस्तै बैंकले रु ७४ अर्ब ९८ करोड ४० लाख ऋण लगानी गरेको पाइएको छ ।विवरणअनुसार बैंकको खराब कर्जा भने गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ । हाल खराब कर्जाको मात्रा ०.४८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.३५ प्रतिशत थियो । बैंकको प्रति शेयर नेटवर्थ भने १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको