Like us!
Follow us!
Connect us!
Watch us!

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बदायो , उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना बनाउनुपर्ने

आइतबार, ०८ बैशाख २०७६, १९ : २२ मा प्रकाशित

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बदायो , उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना बनाउनुपर्ने

अर्थ संसार, काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै उहाँले देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । 

महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गर्नुभयो । “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालीन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीनमहीने कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो । हाल काठमाडौँ उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन तथा काठमाडौँ उपत्यकामा मात्र ११ लाख सवारी साधन गुड्छन् ।रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको