Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को अधिवेशन आह्वान

आइतबार, ०८ बैशाख २०७६, २२ : ०१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले  सङ्घीय संसद्को अधिवेशन आह्वान

अर्थ संसार, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १६ गतेदेखि दुवै सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही वैशाख १६ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मलेन केन्द्र नयाँ बानेश्वरमा दुवै सङ्घीय सदनको अधिवेशन आह्वान गरिएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको हो ।  यसअघि गत चैत १० गते हिउँदे अधिवेशन सम्पन्न भएको थियो | रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको