Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केको उद्घाटन समारोह सम्पन्न

सोमबार, ०९ बैशाख २०७६, १० : ५८ मा प्रकाशित

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केको उद्घाटन समारोह सम्पन्न

अर्थ संसार, काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केको औपचारीक उद्घाटन समारोह २०७६/०१/०८ गते यू.केको रेडीङ स्थित कार्यालयमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा यु.केका लागी नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । साथै NRN यू.केका अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्स प्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोल राज शर्मा , सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एव प्रमुख कार्यकारी अधिकृत महेश कुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के लिमिटेडका प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना बताएको छ साथै छिट्टै नै यू.के बाट नेपालमामात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिटान्स भित्र्याउदै नेपालको ७००० भन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको