Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थानद्धवारा जीवन बीमा अभिकर्तालाई आधारभूत तालिम

सोमबार, ०९ बैशाख २०७६, १६ : ४३ मा प्रकाशित

राष्ट्रिय बीमा संस्थानद्धवारा जीवन बीमा अभिकर्तालाई आधारभूत तालिम

अर्थ संसार, काठमाडौं– जीवन बीमा अभिकर्ताको व्यवसाय बृद्धि तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय बीमा संस्थानले इटहरीमा जीवन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गरेको छ ।

आइतबारदेखि सुरु भएको आधारभूत तालिम मंगलबार सम्म हुनेछ । उक्त तालिममा ५० जना बीमा अभिकर्ताको सहभागि भएको बीमा संस्थानले जनाएको छ ।

तालिममा जीवन बीमाको महत्व, प्रकार सिद्धान्त र बीमाको इतिहास,  राष्ट्रिय बीमा संस्थानका बीमालेखहरुको बाारेमा जानकारी दिइनेछ ।

त्यसैगरी बीमा अभिकर्ताको आचारसंहिता फाईदा सेवा सुविधाको बारेमा प्रशिक्षण र  बीमा ऐन २०४९ र राष्ट्रिय बीमा संस्थान ऐनको बारेमा अभिकर्तालाई जानकारी गराइनेछ ।

5cbda05b72f8e.jpg 5cbda05d68e29.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको