मङ्गलबार, ०७ साउन २०७६
गर्ने हो लगानी लक्ष्मी बैंकको ऋणपत्रमा ?
मङ्गलबार, १० बैशाख २०७६

अर्थ संसार, काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले दुई अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले १० वर्षका लागि जारी गरेको ऋणपत्रको  १० प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो। यो ऋणपत्र निष्काशन तथा विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्झौतापत्रमा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । २०८६ सालमा परिपक्क हुने गरि ऋणपत्र निष्काशन गर्न लागेको हो ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved