Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकमा लगानी गर्नु अघि हेरौं लगानीकर्ताले यो कम्पनी विश्लेषण

बुधबार, ११ बैशाख २०७६, ०७ : ५५ मा प्रकाशित

माछापुच्छ्रे बैंकमा लगानी गर्नु अघि हेरौं लगानीकर्ताले यो कम्पनी विश्लेषण

कम्पनीले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८५ सम्मका लागि ३० लाख कित्ता ऋणपत्र जारी गर्न सेबोनमा चैत २७ गते निवेदन दिएको छ ।

३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ताका लागि प्राइभेट सेक्टरका कम्पनीले आवेदन दिन पाउनेछन् भने १२ लाख कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछन् । विक्रीप्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड छ ।

माछापुच्छ्रे बैंक : कम्पनी विश्लेषण (बुधवार, ११ वैशाख २०७६) चैत मसान्तसम्ममा कम्पनीले रू. १ अर्ब २४ करोड नाफा कमाएको छ । यसमध्ये वितरणयोग्य नाफा रू. ९८ करोड १८ लाख हो । एनएफआरएस प्रणाली अनुसार कम्पनीले विभिन्न शीर्षकमा छुट्याएपछि वितरणयोग्य नाफा आएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ५ करोड छ । कम्पनीको मंगलवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ३२ हजार १ सय १६ कित्ता शेयर विक्री गर्ने र १२ हजार ९ सय ५० कित्ता शेयर खरीद गर्ने माग थियो ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । यसको विश्वसनीयता भने सामान्य छ । आरएसआई ओभरसोल्ड जोन ७९ दशमलव ४४ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ७० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. २ सय ६६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ७० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ६४ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको