Like us!
Follow us!
Connect us!
Watch us!

साञ्जेन र रसुवागढीको IPO मा धितोपत्र बोर्डको निर्देशन, बिहीबार अन्तिम मौका

बुधबार, ११ बैशाख २०७६, ०८ : ४५ मा प्रकाशित

साञ्जेन र रसुवागढीको IPO मा धितोपत्र बोर्डको निर्देशन, बिहीबार अन्तिम मौका

अर्थ संसार, काठमाडौं – बुधवारदेखि विक्री बन्द गर्ने भनिएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको आईपीओ बिहीवार अर्थात आजसम्म विक्रीका लागि खुला रहने भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनमा दुवै कम्पनीको आईपीओ विक्री अवधि थप हुने भएको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले विकास गरेको मेरो शेयर एपमा समस्या आएकाले आम लगानीकर्ताले सहज रूपमा शेयरका लागि आवेदन दिन नपाएको गुनासो गर्दै अवधि थपको माग गरेका थिए ।

सोही गुनासोलाई ध्यानमा राखी दुई दिनको अवधि थप गर्न विक्रीप्रबन्धक र सम्बन्धित कम्पनीलाई निर्देशन दिइएको बोर्डका प्रवक्ता नीरज गिरिले बताए ।

वैशाख ६ गतेदेखि विक्रीमा आएको दुवै कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । मंगलवारसम्ममा साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा १ करोड २१ लख कित्ताका लागि आवेदन परेको छ ।

विक्रीप्रबन्धक नागरिक लगानीकोषले दिएको जानकारी अनुसार २ लाख ५३
हजार जना आवेदकले १ करोड २१ लाख कित्ताका लागि आवेदन दिएका छन् । साञ्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आईपीओमध्ये २ लाख १९ हजार कित्ता कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

सोही दिनदेखि विक्रीमा आएको रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओमा १ करोड ४७ लाख ११ हजार १३० कित्ताको आवेदन परेको विक्रीप्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका अनुसार २ लाख ५० हजार ३७१ जना आवेदकबाट उक्त माग परेको हो ।

रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्तामध्ये ४ लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको