Like us!
Follow us!
Connect us!
Watch us!

किर्ते कर चुक्ताको प्रमाणपत्र बनाएर कृषि विकास बैकबाट ४० लाख ठगी गर्ने दुई जना पक्राउ

बुधबार, ११ बैशाख २०७६, १४ : २९ मा प्रकाशित

किर्ते कर चुक्ताको प्रमाणपत्र बनाएर कृषि विकास बैकबाट ४० लाख ठगी गर्ने दुई जना पक्राउ

अर्थ संसार, काठमाडौं– किर्ते कर चुक्ता प्रमाणपत्र बनाएर कृषि विकास बैंकबाट ४० लाख ठगी गर्ने दुई जनालाई  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)  बुधबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झरना ह्युमन रिसोर्स प्रालिका संचालक शंकर धिताल र अनिल अधिकारी रहेका छन् ।

फिडियस ट्राभल्स एन्ड टुर्सको नाममा अन्तरिक राजस्व कार्यालय लाजिम्पाटले जारी गरेको कर चुक्ता प्रमाणपत्रलाई किर्ते गरी उनीहरुले उक्त रकम ठगी गरेका हुन् ।
 
उनीहरुले उक्त प्रमाणपत्रलाई किर्ते गरी झरना ह्युमन रिसोर्सको नाममा जारी भएको बनाई कृषि विकास बैंक स्वयम्भु शाखाबाट ऋण लिएका थिए । ठगीमा संलग्न दुवै जनालाई जिल्ला अदालत काठमाडौंको आदेश बमोजिम पुर्पक्षका लागि जेल चलान गरिएको  छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको