Like us!
Follow us!
Connect us!
Watch us!

मलेसियामाथि नेपालको जित

बुधबार, ११ बैशाख २०७६, १४ : ४३ मा प्रकाशित

मलेसियामाथि नेपालको जित

काठमाडौं–  थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

बुधबार मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले सेमिफाईनल यात्रा बलियो बनाएको छ । १ सय ४२ रनको लक्ष्य पछ्पाएको मलेसिया ३३।२ ओभरमा अल आउट हुँदै १ सय २ रनमा समेटियो ।

मलेसियाका लागि शर्वेन शुरेन्द्रनले ८० बलमा ३ चौका सहित ४६ रनमा अविजित रहन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । सुरेन्द्रनले छैटौं विकेटका लागि वान अहमद असरार्फसँग ५३ रनको साझेदारी गर्दै हारको अन्तर घटाए ।

वान अहमदले ४६ बल १ चौका प्रहार गर्दै १७ रनमा रन आउट भए । कृष्ण कुमार ११,सिद्धार्थ कार्तिक ६,वान मोहम्मद आजम,लोकमान नुर,ऋषच सुकृतले समान १ रनको बटुले । नेपालका लागि रमेश कुर्मी,तिलक राज भण्डारी र प्रसान्त महतले समान २ विकेट लिए ।


त्यस्तै निखिल कुमार सिंह र प्रसान्त सिंहले समान १ विकेट हात पारे । त्यस अघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले ३४।५ ओभरमा अल आउट हुँदै १ सय ४१ रनमा समेटियो ।

नेपालका लागि आईश भट्टराईले ४२ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाए । दिपक बोहोरा र अर्जुन कुमालले समान १६ रन जोडे । ओपनर कुमाल र बोहोराले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए ।

१० औं ओभरको अन्तिम बलमा क्याच आउट हुनु अघि बोहोराले २५ बलमा २ चौका प्रहार गरे । त्यस्तै १३ ओभरको अन्तिम बलमा मोहम्मद इमरुल असरार्फले विकेटकीपर वान मोहम्मद आजमबाट स्टम्पिङ आउट गराउनु अघि कुमालले ४७ बलको सामना गर्दै १ चौका प्रहार गरे । कप्तान विशाल बिक्रम केसीले २८ रनको योगदान दिए ।

२३ ओभरको चौथो बलमा सिद्धार्थ कार्तिकले विकेटकीपरवाट स्टम्पिङ आउट गराउनु अघि उनले ३० बलमा २ चौका प्रहार गरे । रोहन दुधराज बिक ८,प्रसान्त महत शुन्य,प्रसान्त सिंह ६ र सुवास ऐर ११ रनमा आउट भए । तिलक राज भण्डारी २ र निखिल कुमार सिंह १२ रनमा आउट भए ।

मलेसियाका लागि सिद्धार्थ कार्तिकले ६ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै लोकमान नुर र सचिनुले समान २ लिए । त्यस्तै मोहम्मद अकमल अलिफ र मोहम्मद इमरुल असर्राफले एक विकेट हात पारे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको