Like us!
Follow us!
Connect us!
Watch us!

शेयर कारोबार अर्ब नजिक, १९.१४ अंकको बृद्धि

बुधबार, ११ बैशाख २०७६, १५ : १० मा प्रकाशित

शेयर कारोबार अर्ब नजिक, १९.१४ अंकको बृद्धि

यस्तो छ बुधबारको शेयर तालिका ।

अर्थ संसार, काठमाडौं– बुधबार शेयर कारोबार रकम अर्ब नजिक पुगेको छ । ९५ करोड ३ लाख ४ हजार ४१० रुपैयाँको कारोबार हुँदा परिसूचक नेप्सेमा पनि उल्लेख्य बृद्धि भएको छ ।

 नेप्से १९.१४ अंकले बढ्दा नेप्से इन्डेक्स  १२७९.४१ विन्दुमा पुगेको छ । खासगरी होटल र  डेभलपमेन्ट बैकहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

जम्मा १७२ वटा कम्पनीको ३४ लाख ८ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.८ अंकले बृद्धि भएको छ ।

कारोबार भएको समूहमा बैकिङ  २७.२ अंक, होटल ६०.११ अंक, डेभलपमेन्ट बैंक ३९.३४ अंक, फाइनान्स ३.९५ अंक, माइक्रोफाइनान्स ६.०१ अंक, लाइफ इन्स्योरेन्स ११.४६ अंक, अन्य ४.१६ अंक र नीर्जिवन लाइफ इन्स्योरेन्स १३.६९ अंकले बढेको छ । यता, जलविद्युत १०.६८ अंक र उत्पादन समूह २.६९ अंकले घटेको छ ।

बढेको बजारमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड सवै भदा धेरै ९.७७ प्रतिशतले बढको छ  भने राधी विद्युत कम्पनी लिमिटेड सवै भन्दा धेरै ४.९३ प्रतिशतले घटेको छ । शेयर बजारमा बढ्ने र घट्ने कम्प्नीहरु यस प्रकारका छन् ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5cc02f231cb48.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको