Like us!
Follow us!
Connect us!
Watch us!

शाखा विस्तारमा आक्रमक एनआईसी एशिया बैंक, एकै दिन ५ वटा नयाँ शाखा उद्घाटन

बुधबार, ११ बैशाख २०७६, १८ : ४६ मा प्रकाशित

शाखा विस्तारमा आक्रमक एनआईसी एशिया बैंक, एकै दिन ५ वटा नयाँ शाखा उद्घाटन

अर्थ संसार, काठमाडौं– नीजि क्षेत्रको सवै भन्दा ठूला बैंक एनआइसी एशिया बैंक लिमिटेडले बुधबार एक दिन ५ वटा नयाँ शाखा उद्घाटन गरेको छ ।

ग्रामिणतथादुर्गम स्थानहरुमासमेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै एनआई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाकार्यालयहरु मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमी शाखाको सोहि वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापतिबाट, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्ण हरि थापाबाट, सूर्य विनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमलनाथ आचार्यबाट, चद्रांगिरी नगरपालिका वडा नं. ११ सतुंगल चोक स्थित सतुंगल चोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख  घनश्याम गिरीबाट तथा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारा स्थित फेटा  शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादबाट एक समारोहका बिच समुद्घाटन सु–सम्पन्न भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

करिब १५लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको