Like us!
Follow us!
Connect us!
Watch us!

‘प्रेमगीत ३’ को फस्टलुक पोस्टर सार्वजनिक ,नायिकामा नितिको चर्चा

बुधबार, ११ बैशाख २०७६, २२ : ४० मा प्रकाशित

‘प्रेमगीत ३’ को फस्टलुक पोस्टर सार्वजनिक ,नायिकामा नितिको चर्चा

अर्थ संसार, काठमाडौँ– लभस्टोरी फिल्म  सिरिज ‘प्रेमगीत ३'  को तेस्रो पार्टको निर्माण टिमले फस्टलुक पोस्टर  सार्वजनिक गरेको छ । फिल्मको   छायांकन सुरु हुनुभन्दा अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । यस वर्षको चैत २८ गतेलाई रिलिज डेट घोषणा गरिएको छ  ।  पिरियड ड्रामामा केन्द्रित रहेर फिल्म बनाउन खोजिएको बुजिएको छ। 
 
प्रेमगीत ३ लाई   निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ निर्माण गर्न लागेका छन  । प्रेमगीत २  मा उनको पनि प्रमुख भूमिका थियो भने अब  उनी निर्देशकको रुपमा भित्रिएका छन् । उनीसँगै फिल्मलाई 'डमरुको डण्डीबियो'  निर्देशक छेतन गुरुङले पनि निर्देशन गर्दैछन् । कथा पनि छेतनकै रहेको छ ।  
 
 ‘प्रेमगीत ३’ मुख्य नायक  प्रदीप खड्का मा भएको वा नभएकोबारे निर्माण टिम मौन छ । यस फिल्मको अघिल्लो दुई सिरिजमा उनी नै लिड हिरो थिए । प्रदिपको साथमा  नीति शाहले डेब्यू गर्ने चर्चा छ ।आफूलाई ‘प्रेमगीत ३’ अफर भएको नीति स्वयंले खुलाएकी थिइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको