Like us!
Follow us!
Connect us!
Watch us!

‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडल

विहीबार, १२ बैशाख २०७६, १५ : ५० मा प्रकाशित

‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडल

अर्थ संसार, काठमाडौंं – भारतको पुनामा आयोजना हुने मोडलहरुको अन्तराष्ट्रिय प्रतियोगिता ‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडल सहभागी भएका छन् । २५ अप्रिल (आज)देखि २७ अप्रिल (शनिबार)सम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली मोडलहरु बुधबार साँझ भारत प्रस्थान गरेका हुन् ।

‘द फेस अफ साउथ एशिया’ एशियाको फेसन जगतकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता मानिएके छ । प्रतियोगितामा आशिष केसी (विजेता, मोडल हन्ट नेपाल २०१८) मसिष सुवेदी, पोषण शर्मा, शासोत शाही, राघव अग्रवाल ( मोडल हन्ट सहभागी) रुविष्का श्रेष्ठ (फस्ट रनर अप, मोडल हन्ट नेपाल २०१८), निर्मला न्यौपाने, थिन्ले ल्हामे र सुष्मिता थापा (मोडेल, नेक्स्ट मोडेल नेपाल)का सहभागी छन् ।

नेपाल, भारत, श्रीलंका र अरबिया लगायत एसिया भरिका देशका उत्कृष्ट मोडलको प्रतिस्पर्धा रहने कार्यक्रममा हरेक देशबाट सहभागी मध्य एकलाई राष्ट्रको नाम जोडेर फेस अफ द देश घोषणा गर्ने गरिन्छ ।

यस प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र एक पुरुस मोडलले कोरियामा आयोजना हुने ‘एशिया मोडल फेष्टिभल’मा सहभागी हुनेछन् । बिगतका बर्षहरु भन्दा यो बर्ष अझ बृहतर रुपमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिताका लागि नेपाली मोडलहरु नेक्स्ट मोडल्स नेपालले पठाएको हो । प्रतियोगितामा सहभागीले नेपाली कला संस्कृति झल्कने पहिरन, भेषभुसा लगायत बिभिन्न पक्ष प्रस्तुत गरेर नेपाललाई बिश्वमा अझ राम्रोसँग चिनाउने नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।

प्रतियोगितामा नेपालको नाम उच्च राख्दै उपाधि नेपाल भित्र्याउने उदेश्य सहित आफुहरु भारतको पुना जान लागेको सहभागी मध्य एक आशिष केसी बताए ।

5cc18756831aa.jpg 5cc1875697669.jpg 5cc18757203ae.jpg 5cc1875725d6f.jpg 5cc1875789bfd.jpg 5cc187579be74.jpg 5cc18757e4ef8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको