Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको ५ नयाँ शाखा र १ शाखारहित बैंकिङ्ग सेवा संचालन

सोमबार, १६ बैशाख २०७६, १० : ४५ मा प्रकाशित

एनआईसी एशिया बैंकको ५ नयाँ शाखा र १  शाखारहित बैंकिङ्ग सेवा संचालन

अर्थ संसार, काठमाडौं– ग्रामिण तथादुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र ४ र रौतहत जिल्लामा १ गरि ५ नयाँ शाखा कार्यालयहरुको साथै थप १ शाखा रहित बैंकिङ्ग सेवाको आइतबार उद्घाटन गरेको छ ।

काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासदमाननीय  नारायण सिलवालबाट, नार्गजुन नगरपालिका वडा नं.३ ठुलो भर्याङ्ग स्थित ठुलो भर्याङ्ग शाखा कार्यालयकोबैंकका प्रादेशिक कार्यालय प्रमुख राजेश रावलबाट,नार्गजुन नगरपालिका वडा नं.६, काठमाडौं स्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ प्रमुख सुबास जोशीबाट,काठमाडौं महामनगरपालिका वडा नं ७, चाबहिलस्थित चाबहिल शाखाको सोहि वडाका वडाअध्यक्ष शुद्ध कुमार डंगोलबाट, रौतहत जिल्लाको गुजरा नगरपालिका वडा नं. ९,रौतहत स्थित सिम्राभवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख रौसन खाँतुनबाट तथा रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. ४,गरगर्रेमा २४ औं शाखा रहित बैंकिङ्ग सेवा आइतबार भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्नभयो ।

बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन कंचन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गर्नु भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाकाप्रतिनिधिको रुपमा लालबहादुर थापालाई नियुक्तगरिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्  साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको