Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो

सोमबार, १६ बैशाख २०७६, १२ : १८ मा प्रकाशित

सुनको मूल्य बढ्यो

अर्थ संसार, काठमाडौँ– साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेर ५९ हजार नौं सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघले सोमबारका लागि प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५१ हजार एक सय रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार तीन सय ५५ रुपैयाँ कायम गरेको छ ।

चाँदीको मूल्य भने केही दिनदेखि स्थिर रहेको छ । महासंघले चाँदीको मूल्य आज पनि  सात सय तीस रुपैयाँमा कारोबार भएको जनाएको छ । प्रति १० ग्राम चाँदीको मूल्य छ सय २६ रुपैयाँ कायम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको