Like us!
Follow us!
Connect us!
Watch us!

शेयर भर्न छुटाउनु होला ? तीन कम्पनीको हकप्रद शेयर बजारमा

मंगलबार, १७ बैशाख २०७६, १४ : ५९ मा प्रकाशित

शेयर भर्न छुटाउनु होला ? तीन कम्पनीको हकप्रद शेयर बजारमा

अर्थ संसार, काठमाडौं– शेयर बजारमा अहिले दुई कम्पनीको हकप्रद शेयर निश्कासन भैरहेको छ भने १ वटा कम्पनीको हकप्रद शेयर निश्कासन हुँदैछ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको  निश्कासन भैइरहेको छ भने ग्रामिण विकास बैंकको बैशाख २७ गतेदेखि  निश्कासन हुँदैछ ।

माथिका कम्पनीले निश्कासन गरेको हकप्रद शेयर सुरक्षित गर्नको लागि बुक क्लोजको मिति भन्दा एक दिन अगाडिका शेयरधनीले मात्र आवेदन दिन सक्नुहुनेछ ।  हप्रद शेयर निश्कासन भएका कम्पनी यस्ता छन् ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

अनुपात        : १ : ०.६
कुल कित्ता   : ७५,४०,३५२.७६
सुरु–बन्द      : २५ चैत्रदेखि २९ बैशाखसम्म
बुक क्लोज   : २२ फागुन

गुराँस लाइफ इन्स्योरेस लिमिटेड

अनुपात       : २ : १
कुल कित्ता  : २,९७०,०००
सुरु–बन्द     : २८ चैत्रदखि १ जेठ
बुक क्लोज   : ६ चैत्र (२०७५)

ग्रामिण विकास बैंक लिमिटेड

अनुपात  : १ : ०.५
कुल कित्ता  : ३२,७५,०००
सुरु–बन्द : २७ बैशाखदेखि ३० जेठ
बुक क्लोज  : २९ चैत (२०७५)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको