Like us!
Follow us!
Connect us!
Watch us!

गरिमाको छलाङ्गमा चमत्कार, खुद नाफा ५०.५१ प्रतिशत वृद्धि, कति छ प्रतिशेयर आम्दानी ?

बुधबार, १८ बैशाख २०७६, १० : ४४ मा प्रकाशित

गरिमाको छलाङ्गमा चमत्कार, खुद नाफा ५०.५१ प्रतिशत वृद्धि, कति छ प्रतिशेयर आम्दानी  ?

अर्थ संसार, काठमाडौं – गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कमालको प्रगति गरेको छ । बैंकले तेस्रो त्रैमाससम्म आइपुग्दा ४२ करोड ३७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्ष सोही अवधिमा बैंकले २८ करोड १५ लाख ६४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।गत आर्थिक वर्षको यही अवधिको तुलनामा खुद नाफा ५०.५१ प्रतिशतले वृद्धि गरेको हो ।
 
गरिमाले खुद ब्याज आम्दानी ४१.६२प्रतिशत वृद्धि गरी ९९ करोड ९ लाख ८ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा ६६ करोड ३४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा गत वर्षको भन्दा ५१.८४ प्रतिशतले धेरै हो । निक्षेप संकलन १८ अर्ब ६३ करोड ९६ लाख ६२ हजारबाट बढाएर ३० अर्ब ३५ करोड ६४ लाख १७ हजार पुर्याएको छ ।
 
यसैगरी, कर्जा लगानी १७ अर्ब १० करोड ५५ लाख ९४ हजारबाट विस्तार भएर अहिले २६ अर्ब १५ करोड ७५ लाख ९ हजार पुगेको छ । गरिमाले खराब कर्जालाई ०.२६ प्रतिशत मा सीमित गरेको छ भने कस्ट अफ फन्ड ८.७३ प्रतिशत छ ।
 
बैंकले चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ । यसको रिजर्भ कोष भने ३९.५७ प्रतिशतले बढेर ७९ करोड ६८ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ । गरिमाको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ५८ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको