Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको नाफा ११ करोड ११ लाख मात्रै, प्रतिसेयर आम्दानी कति ?

बुधबार, १८ बैशाख २०७६, १२ : २१ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको नाफा ११ करोड ११ लाख मात्रै, प्रतिसेयर आम्दानी कति  ?

अर्थ संसार, काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ११ करोड ४४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ११ करोड ११ लाख रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको नाफा जम्मा ३३ लाख रुपैयाँले बढि देखिएको हो । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले समीक्षा अवधिसम्ममा ६ अर्ब ४६ करोड ५६ लाख निक्षेप संकलन गरेको बैंकले ५ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ कर्जा परिचलन गरेको छ । निक्षेप ४२ दशमलव ३१ र कर्जा विस्तार ४२ दशमलव ०३ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद ब्याज आम्दानीको सुचक भने केही राम्रो देखिएको छ । अघिल्लो वर्ष २३ करोड ४८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्ष २७ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा भन्दा यस वर्ष बैंकको ब्याज आम्दानी तीन करोड ३० लाखले बढेको छ । 

गत आर्थिक वर्षको नाफाबाट १७ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकको चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँमा स्थिर छ । भने जगेडा कोषमा २२ करोड २८ लाखबाट बढेर २५ करोड ९८ लाख रुपैयाँ  जम्मा गरेको छ । बैंकमा निष्कृय कर्जा १.०८ प्रतिशतको अनुपातमा रहेको छ । 

बैंकको प्रतिसेयर आम्दानी ४८ पैसाले बढेर बढेर आम्दानी १६ रुपैयाँ ५२ पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४ पैसा रहेको थियो ।

बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात १३.०२ गुणा बढी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको