Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेसिभ फाइनान्सको सबै सुचकमा उत्साहजनक प्रगति

बुधबार, १८ बैशाख २०७६, १२ : २८ मा प्रकाशित

प्रोग्रेसिभ फाइनान्सको सबै सुचकमा उत्साहजनक प्रगति

अर्थ संसार, काठमाडौं – प्रोग्रेसिभ फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उत्साहजनक प्रगति गरेको छ । यस अवधिमा प्रगेसिभले २ करोड ९१ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

प्रोगेसिभले अघिल्लो वर्षको सोही अवधिमा जम्मा ९८ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष कम्पनीको नाफा ४०० दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो । 

 
यस अवधिमा प्रोग्रेसिभले जगेडा कोषको आकार पनि बढाएको छ । चालु आर्थिक वर्षको नौं महिनाको अवधिसम्ममा कम्पनीको जगेडा कोषमा चार करोड २५ लाख आठ हजार रुपैयाँ जम्मा भएको छ  । गत वर्ष कम्पनीले जगेडम कोषमा जम्मा  २६ लाख ५४ हजार रुपैयाँ मात्रै जम्मा गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष  कम्पनीको जगेडा कोषको आकार १५०१ दशमलव ६५ प्रतिशले बढेको हो ।
 
त्यसैगरी खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उत्साहजनक प्रगति भएको छ । यस अवधिमा खुद ब्याज आम्दानी ११९ दशमलव ६० प्रतिशतले बढेर ४ करोड १२ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ करोड ८७ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । भने सञ्चालन नाफा १७९ दशमलव ०१ प्रतिशतले बढेर ८१ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनी १ करोड ३ लाख २७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । 

चैत मसान्त सम्म फाइनान्सले चुक्ता पुँजी २३९ दशमलव ०९ प्रतिशतले बढाएर ७१ लाख २१ करोड रुपैयाँ पुर्याएको छ । चैत मसान्त सम्म यसले ८२ करोड ७२ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८८ करोड ४४ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

प्रतिसेयर आम्दानी ४ रुपैयाँ १० पैसा रहेको प्रोग्रेसिभको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ९७ पैसा छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको