Like us!
Follow us!
Connect us!
Watch us!

डा. बाबुराम र उपेन्द्र यादव पार्टी एकताको तयारी गर्दै

विहीबार, १९ बैशाख २०७६, ०८ : ५४ मा प्रकाशित

डा. बाबुराम र उपेन्द्र यादव पार्टी एकताको तयारी गर्दै

अर्थ संसार, काठमाडौँ– सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ ।

उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गर्नुभएका उपेन्द्र यादव र डा बाबुराम भट्टराईले नेतृत्वको गर्नुभएको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको  फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ । शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ । तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन । निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको