Like us!
Follow us!
Connect us!
Watch us!

हेर्न छुटाउनु त भाको छैन ?? युट्युबमा करोड कल्ब छुने ५ नेपाली चलचित्र( लिङ्क सहित )

विहीबार, १९ बैशाख २०७६, १७ : १९ मा प्रकाशित

हेर्न  छुटाउनु त भाको छैन ??  युट्युबमा करोड कल्ब छुने ५ नेपाली चलचित्र( लिङ्क सहित )

अर्थ संसार, काठमाडौं – युट्युब अहिले नेपालीहरुका लागि पनि वैकल्पिक टेलिभिजन च्यानल भइसकेको छ । विशेष गरी युट्युबले नेपालमै लोकल सर्भर राखेपछि र पछिल्ला दिनहरुमा इन्टरनेट स्पिड पनि राम्रो भएपछि नेपालीहरुले युट्युबमा भिडियो हेर्ने प्रचलन बढेको हो । तर युट्युबमा एक करोड भ्युज कटाउने नेपाली चलचित्र भने निकै कम छन् । 

अहिले युट्युबमा सार्वजनिक भएलगत्तै छोटो समयमा नै पाँच वटा नेपाली चलचित्रले दर्शकको मन जित्न सफल भएका  छन् ।  


प्रेम गीत


निर्देशक शुदर्शन थापा तथा निर्माता सन्तोष शेनद्वारा निर्मित चलचित्र प्र्रेम गीत २०१६ जनावरी १७ मा ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो । 

अशुशेन फिल्मको व्यानरमा निर्माण गरीएको यस चलचित्रमा पूजा शर्मा, प्रदिप खड्का, सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल र नर्बु छिरिङको मूख्य भूमिका रहेको छ । यस चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् भने भिएफएक्स अनन्त घिमिरेले गरेका छन् । 

यस चलचित्र आजको दिनसम्ममा एक करोड सात लाख ६८ हजार छ सय ५० जनाले हेरिसकेका छन् । यो फिल्म हेर्नका लागि फोटोमा क्लिक गर्नुस् ।



 

छक्का पञ्जा

छक्का पञ्जा चलचित्र एक नेपाली कथानक हास्यप्रधान चलचित्र हो । दीपाश्री निरौलाको निर्देशनमा रहेको यस चलचित्रमा दीपक राज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे लगायतका कलाकारको मुख्य भूमिकामा देख्न सकिन्छ । 

आमा सरश्वती गीता देवी फिल्मको व्यानरमा  निर्माण गरीएको चलचित्रको सम्पादन बिपिन मल्लले गरेका छन् । भने पुरुषेत्तम प्रधानको छायाँकन रहेको छ । यस चलचित्र सवार्धिक सफल भएको मानिन्छ । 

हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत २०१७ जनावरी १२ मा सार्वजनिक गरिएको यस चलचित्रलाई मार्फत एक करोड ५७ लाख नौं हजार ५३ पटक हेरीएको छ । यो फिल्म हेर्नका लागि फोटोमा क्लिक गर्नुस् ।

 

ए मेरो हजुर २

निर्माता शुनिल कुमार थापा तथा अभिनेत्री झरना थापाद्वारा निर्देशित चलचित्र ‘ए मेरो हजुर–२’ मा शुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरीएको हो । यस चलचित्रमा मूख्य पात्र सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको प्रेमभावलाई देखाइएको छ । 

चलचित्रमा सलिन र साम्रगीसँगै वील्सन विक्रम राई, सलोन बस्नेत, अम्वर सुबेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, लगायतको भूमिका रहेको छ । 

सञ्जय लामाको छायाँकन,कानिस शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । बुढासुब्बा डिजिटलको युट्युव मार्फत २०१८ नोभेम्वर २ मा सार्वजनिक गरिएको यो चलचित्रलाई अहिलेसम्म एक करोड २० लाख २८ हजार आठ सय ९२ जनाले हेरिसकेका छन् । यो फिल्म हेर्नका लागि फोटोमा क्लिक गर्नुस् ।

झोले

टेकेन खड्काको निर्माण र दिपेन्द्र खनालको निर्देशनमा बनेको यो ‘डार्क कमेडी’ चलचित्र झोलेलाई पनि दर्शक अत्याधिक रोजाइमा परेको छ । 

यस चलचित्रमा दयाहाङ राई ,प्रियंका कार्की र ए गुरुङ को मुख्य भूमिका रहेको छ। झोलेका निर्माता टेकेन खडका हुन् । झोलेको छायाँकन पुरुषेत्तम प्रधानले गरेका छन् भने सम्पादन दिर्घ खड्काले गरेका छन् ।

म्यूजिक नेपालको युट्युव मार्फत २०१४ अक्टुवर १५ मा सार्वजनिक गरिएको यस चलचित्रलाई अहिलेसम्म एक करोड एक लाख चार सय भन्दा बढीले हेरिसकेका छन् । यो फिल्म हेर्नका लागि फोटोमा क्लिक गर्नुस् ।

रक्षा

निर्माता पवन बस्नेत र निर्देशक राजु गिरीद्वारा निर्मित चलचित्र रक्षा अहिलेसम्म एक करोड ९३ लाख ६७ हजार दुई सय जनाले  हेरिसकेका छन् । 

राजेश हमाल, पुजना प्रधान, पवन बस्नेत, सारिका घिमिरे अशोक फुयाँल लयातका कलाकारको भुमिका रहेको छ । यो फिल्म हेर्नका लागि फोटोमा क्लिक गर्नुस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको