Like us!
Follow us!
Connect us!
Watch us!

कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले तीन महिना भित्रमा १४ मेगावाट विद्युत् उत्पादन गर्ने

शुक्रबार, २० बैशाख २०७६, ११ : ५८ मा प्रकाशित

कुलेखानी तेस्रो जलविद्युत्  आयोजनाले तीन महिना भित्रमा १४ मेगावाट विद्युत् उत्पादन गर्ने

अर्थ संसार, हेटौँडा  –  ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयभन्दा ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । चिनियाँ कम्पनीका ढिलाइका कारण  दुई अर्ब ४३ करोड रुपैयाँमा निर्माण सम्पन्न हुने सो आयोजनाको निर्माणमा अहिलेसम्म चार अर्ब ६३ करोडभन्दा बढी खर्च भइसकेको छ । निर्माण कार्य सम्पन्न भएपछि आयोजनाले सुरुङको सफल परीक्षणसमेत गरेको आयोजनाका इञ्जिनीयर सुवास मिश्रले बताए ।

कुलेखानी तेस्रोको ४ दशमलव २ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको छ । चौध मेगावाट क्षमता भएको कुलेखानी तेस्रोले तीन महिना भित्रमा नियमित विद्युत् उत्पादन गर्ने आयोजनाका इञ्जिनियर मिश्रको भनाइ छ । विद्युत् गृहका टरर्वाइन र जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणका जडान सम्पन्न गरी परीक्षण काम भइरहेको छ ।

विद्युतगृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करीब ५०० मिटर तार तानेपछि काम पूरा हुने इञ्जिनीयर मिश्र भने । आयोजनाले कुलेखानी जलाशयको नियमित बहाब र खानीखोलाको थप पानी प्रयोग गरिनेछ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको