Like us!
Follow us!
Connect us!
Watch us!

फानी चक्रवातको प्रभावका कारण हेलिकप्टर उडाउन बन्द, आइतबारसम्म मौसम बदलि रहने

शुक्रबार, २० बैशाख २०७६, १२ : ४९ मा प्रकाशित

फानी चक्रवातको प्रभावका कारण हेलिकप्टर उडाउन बन्द, आइतबारसम्म मौसम बदलि रहने

अर्थ संसार, काठमाडौं – गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार सम्मका लागि हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ । भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भाग पनि नराम्ररी प्रभावित हुने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो।

मौसम पूर्वानुमान विभागले फानी चक्रवातको प्रभाव आइतबारसम्म रहने जानकारी गराएपछि शनिबार दिनभरसम्मका लागि हेलिकप्टर नउडाउन भनिएको हेलिकप्टर सोसाइटीका महासचिव योगराज कँडेलले जानकारी दिए।

भारतमा बिहानैदेखि चक्रवातको प्रभाव सुरु भइसकेको छ । प्रतिघण्टा गति १ सय ७५ किमिमा फानी चक्रवात चलिरहेको छ भने आज अपराह्न ३ बजेदेखि उक्त चक्रवातले नेपालका पूर्वी जिल्लाहरुमा पनि प्रभाव पार्ने मौसम पूर्वानुमान विभागले जनाएको छ।

यसको प्रभावले पछिल्लो एक घन्टामा नेपालको विभिन्न स्थानहरुमा चट्टयांग परिरहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

अहिले स्थानिय वायु र पश्चिमी वायुको प्रभावले चितवन, धादिंग, नुवाकोट र उपत्यका आसपासको स्थानमा मेघगर्जन हावाहुरी सहित वर्षा भईरहेको छ। राती पश्चिमी भु(भाग लगायात मध्य र पुर्वका पहाडी भुभागमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै हिमाली भेगका जिल्लामा हिमपात हुनसक्ने मौसम विभागले जनाएको छ। आइतबारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ

फानी चक्रवात क्याटागोरी ३ वा ४ को आँधी हो । जसले लाखौँ मानिसको ज्यान जोखिममा पार्ने सम्भावना हुनसक्छ । यसको हावाको गति प्रतिघण्टा २ सयदेखि ३ सय किमिसम्म हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको