Like us!
Follow us!
Connect us!
Watch us!

श्रमिकलाई दिइने पारिश्रमिक समेत बैंक खाता मार्फत

शुक्रबार, २० बैशाख २०७६, २१ : ४० मा प्रकाशित

श्रमिकलाई दिइने पारिश्रमिक समेत बैंक खाता मार्फत

अर्थ संसार, काठमाडौं -सरकारले प्रत्येक नेपालीको बैंक खाता कार्यक्रमलाई थप प्रभावकारी बनाई अभियानात्मक रुपमा सञ्चालन गर्ने भएको छ ।

वित्तीय पहुँच पु-याउनका लागि महत्वपूर्ण मानिएको सो अभियान गत चैतदेखि शुरु भएको छ । नेपाली नागरिकलाई वित्तीय पहुँच पु-याउने र सहजरुपमा बैंकिङ सेवा दिन उक्त कार्यक्रमलाई अभियानात्मक रुपमा अगाडि बढाउन लागिएको हो । 

सङ्घीय संसद्मा आज प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा बैंक खाता खोल्ने देखि श्रमिकलाई दिइने पारिश्रमिक समेत बैंक खाता मार्फत् नै उपलब्ध गराउने नीति समावेश गरिएको छ ।  रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको