Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली यूवा उद्यमी मञ्चद्वारा पांचौ पटक लिडर परियोजना कायाशालाको आयोजना

शनिबार, २१ बैशाख २०७६, १६ : ०४ मा प्रकाशित

नेपाली यूवा उद्यमी मञ्चद्वारा पांचौ पटक लिडर परियोजना कायाशालाको आयोजना

अर्थ संसार, काठमाडौं -नेपाली यूवा उद्यमी मञ्च (NYEF) ले लिडर परियोजना संगको सहकार्यमा पांचौ पटक व्यवसायिक योजना विकास सम्बन्धी कार्याशाला आयोजना गरेको छ ।

वेष्टर्न युनिर्भसिटी अन्तरगत आइभी विजनेश स्कुलका विद्यार्थीहरुद्वारा व्यवसायिक तालिम मार्फत आर्थिक विकासलाई बढावा दिने उदेश्यका साथ विद्यार्थीहरुकै नेतृत्व र सकृयतामा अप्रिल  २०१९ देखी मई ३ २०१९ सम्म कार्याशाला संचालन गरियो । ल्थ्भ्ँ को एउटा मुख्य प्रयासको रुपमा रहेको यस कार्याशालामा ४० जना यूवाहरुको सहभागिता रहेको थियो । विश्वको उत्कृष्ट व्यवसायिक संस्था आइभीद्वारा विकास गरिएको पाठ्यक्रम तथा केश विधीमा आधारित प्रशिक्षण शैलीसंग खारिएका प्रशिक्षकहरुद्वारा कार्याशाला सहजिकरण गरिएको छ ।

दुई सातासम्म संचालित कार्याशालाको अन्तिम दिन सहभागीहरुले आ—आफ्नो व्यवसायिक योजना नेपालमा खारिएका दक्ष व्यवसायीहरु त्था उद्योग व्यवसाय सम्बन्धी विभिन्न संस्थाका प्रतिनिधिहरु माझ प्रस्तुत गर्ने छन् । लिडर परियाजनाका पूर्व सहभागीहरुले पनि यस छलफलमा स्रोताका रुपमा सहभागिता जनाउनेछन् ।

यस कार्याशालाको आयोजक NYEF नेपालका यूवा उद्यमीहरुको छाता संगठन हो । सकारात्मक व्यवसायिक सोचलाई शसक्तीकरण गर्ने उदेश्यका साथ सदस्यहरुमा आधारित एक गैर नाफामुलक संस्थाको रुपमा यसको स्थापना भएको हो । नेपाली यूवाहरुमाझ विचारको आदानप्रदान, प्रशिक्षण, तालिम र सहकार्य आदिका मार्फत उत्कृष्ट उद्यमीहरु निर्माण गर्नु यस संस्थाको मुख्य उदेश्य हो । नेपाल उद्योग वाणिज्य महासंघद्वारा सन २००३, सेप्टेम्बर २६ मा यो संस्थाको औपचारिक रुपमा शुरुवात गरिएको हो ।

यस कार्यक्रमको उदेश्यलाई आत्मसाथ गर्दै यो कायाशलाको आयेजनाको रुपमा माछापुच्छ्रे वैक, CECI र मिडभ्याली कलेज रहेका छन ।

विगत एक दशक देखी नेपाली आर्थिक वजारमा नेतृत्वदायी भूमिकासहित संचालित माछापुच्छ्रे वैंक क वर्गको वित्तिय संस्था हो । नेपालमा संचालित वैकहरु मध्ये यो वैकले आफूलाई फराकिलो सोचका साथ अगाडी वढाएको छ ।

नेपालमा आतिथ्य व्यवस्थापनमा एक सवल र उत्कृष्ट संस्थाको रुपमा विकास गर्ने उदेश्यका साथ अनुभवी र समर्पित शिक्षाविध, दक्ष व्यसायी एवं व्यवस्थापकहरुद्वारा मिडभ्याली इन्टरनेशनल कलेजको स्थापना गरिएको हो ।

मलेसियाको हेल्प विश्वविद्यालयसंग सम्बन्धन प्राप्त यस मिडभ्याली इन्टरनेशनल कलेजले नेपालमा आतिथ्य व्यवस्थापनका हेतुमा व्यवसायिक र प्राविधिक प्रशिक्षण मार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

सन १९५८ मा एक अन्र्तराष्ट्रिय सहयोगी संस्थाको रुपमा स्थापित CECI ले दिर्घकालिन विकास परियोजना मार्फत अफ्रिका, एशिया र अमेरिकामा गरिवी र वहिस्करणका विरुद्धमा काम गर्दै आएको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको