Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट नवराज लम्साल पुरस्कृत हुँदै

आइतबार, २२ बैशाख २०७६, १६ : ५३ मा प्रकाशित

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट नवराज लम्साल पुरस्कृत हुँदै

अर्थ संसार, काठमाडौं– चलचित्र पत्रकार संघ मकवानपुरले यो वर्ष प्रदान गर्ने राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ ।

संघ मकवानपुर शाखाको शनिबार बसेको बैठकले हरेक वर्षको जेठ ७ गते मनाउदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई पुरस्कृत गर्न लागेको हो । लम्साललाई प्रदान गर्ने पुरस्कारको राशी नगद १० हजार रहेको छ ।  

सोही अवसरमा यो वर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गर्ने निणर्य गरेको छ । पराजुलीलाई दिने पुरस्कारको राशी ५ हजार रहेको छ ।  मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा जम्न सफल कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यो वर्ष नेपाली चलचित्रका द्धन्द निर्देशक / कलाकार तथा निर्माता, निर्देशक राजेन्द्र खड्गीलाई  सम्मान गर्ने निर्णय गरिएको संघका अध्यक्ष मणिराज गौतमले बताए । 

संघले गत वर्ष चलचित्र सम्मानबाट नायिका निता ढुङगाना, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट डब्बु क्षेत्री र चलचित्र पत्रकारिता पुरस्कारबाट रामकुमार एलनलाई पुरस्कृत गरेको थियो । भने यस अघि कलाकार भोलाराज सापकोटा, अमिर गौतम, सुशान्त कुमार श्रेष्ठलाई कलाकारिता सम्मान प्रदान गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको