Like us!
Follow us!
Connect us!
Watch us!

जुत्ता–चप्पलको ‘सेल मेला’ अब नलाग्ने, कारण यस्तो

सोमबार, २३ बैशाख २०७६, १३ : ५८ मा प्रकाशित

जुत्ता–चप्पलको ‘सेल मेला’ अब नलाग्ने, कारण यस्तो

अर्थ संसार, काठमाडौं- ठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ सोमबारबाट सधैंका लागि बन्द  भएको छ ।

आइतवार नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरुले गरेको पत्रकार गरी यस्तो जानकारी दिए ।

कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका अध्यक्ष कृष्ण कुमार फुयाँलले नयाँ कामको सुरुवात गर्नकै लागि यो मेलालाई बन्द गर्नुपरेको बताए ।

सामुहिक प्रतिबद्धताअनुरुप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेलालाई बन्द गर्न आफुहरु तयार भएको उनको भनाई थियो ।

व्यापारी तथा उपभोक्ताहरुको मागलाई सम्बोधन गर्दे आफुहरुले देशैभरि आफ्ना उत्पादनहरुको उपलब्धता गराउने सोचका साथमा यो निर्णय गरिएको उनले स्पष्ट पारे ।

आफ्ना उत्पादनहरु व्यापारीहरुले बिक्री गर्न उपभोक्तासम्म बस्तुलाई पुर्याउने हो भने आफुहरुको व्यापारले थप उचाई लिने उनले आशा ब्यक्त गरे । ब्यापारीहरुले स्वदेशी ब्रान्डलाई बिक्री बितरणमा जोड दिन आवश्यक रहेको पनि उनको भनाई छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका निर्वतमान अध्यक्ष रविन कुमार श्रेष्ठले व्यवस्थित् तरिकाबाट जुत्ता–चप्पलको व्यापार आवश्यक रहेका बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योगी प्रमोद महतोले कुनैबेला भृकुटीमण्डपमा मेलाको आवश्यकता रहेपनि अब योभन्दा फरक किसिमले आफ्ना उत्पादनहरुलाई उपभोक्तासम्म पुर्याउन आवश्यक रहेको बताए ।

अहिले चीनबाट आयातित हुने थुप्रै जुत्ता–चप्पलहरु जसले मानव स्वास्थ्यमा प्रतिकुल असरसमेत पार्ने खालका रहेको भन्दै उनले त्यस्ता वस्तुहरुले नेपाली बजारलाई पनि असर पारिरहेको सुनाए ।

सस्तो लोकप्रियताले नेपाली जुत्ता उत्पादनलाई दबाउन खोजिरहेको आरोप लगाउदै उनले अबदेखि ‘सेल–मेला’ नभएर वार्षिक रुपमा प्रर्दशनी गर्न आवश्यक रहेको जनाए ।

त्यस्तै, कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका पुर्व अध्यक्ष होमनाथ उपाध्यायले २०५९ सालमा आफूहरुको पहलमा उक्त मेलाको आयोजना सुरु गरेपनि अब समय सन्र्दभको हिसाबले बन्द गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

अहिलेसम्म आफ्ना उत्पादनलाई उपयुक्त बजारीकरणको मेसोको रुपमा हेर्ने गरिएतापनि अहिले नेपाली जुक्ता–चप्पलको बजार खस्किँदै गएको भन्दै हरेक पसलमा आफ्ना उत्पादनहरुलाई उपभोक्ताहरुले पाउने उनको दाबी छ ।

कार्यक्रममा बोल्दै शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले नेपाली जुत्ता नचिन्ने समयदेखि नै आफुहरुले ग्राहकको मन जित्न सफल भएको दाबी गरेका छन ।

अहिलेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदै आएको मेलालाई स्थगित् गरेर अब हरेक पसलसम्म आफ्ना उत्पादनहरुलाई पुर्याउने आफुहरुको जिम्मेवारी रहेको उनको भनाई थियो ।

जारी गरिएको निर्णय आफुहरुको लागि ‘टर्निङ–प्वाइन्ट’ भएको बताउँदै उनले नेपाली उत्पादनलाई सबैले मन पराउने र देशकै गौरवको रुपमा विकास गरिनेपनि उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय ब्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आजको कार्यक्रमबाट स्वदेशी उत्पादनसंग सम्बन्धित व्यवसायीहरुको लागि उपयुक्त दिन भएको धारणा राखे ।

कच्चा पदार्थ तथा दक्ष जनशक्तिको अभाव चलिरहँदा पनि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने आफुहरुको प्रयास सधै जारी रहने उनले विश्वास दिलाए ।
साना उद्योगी व्यवसायीहरको सरकारसम्मको पहुँच नभएको कारणपनि अव सरकारले आफुहरुसंग समन्वयको वातावरण सृजना गरिदिए राज्य निर्माणमा आफुहरुको पनि सहभागिता हुन सक्नेबारे बताएका थिए ।

फुटवेयरको विकास तथा प्रर्वद्धनमा सबै संगठनहरु एक भएर अगाडि बढे उत्पादन तथा बजारीकरणमा उल्लेखनीय उपलब्धि हाँसिल हुने उनको दाबी छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल जुत्ता–चप्पल व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले देशमा अबैध रुपमा संचालनमा रहेको उद्योगहरुलाई समाधानको मार्गमा ल्याउन जरुरी रहेको बताए । आफ्ना तीनवटै संगठनहरुपनि एक हुन आवश्यक रहेको बताए ।

समस्याको समाधान गर्नकानिमित्त यस क्षेत्रका कृयाशिल सवै संगठनहरुबीच कार्यगत एकताका माध्यमवाट समस्या हल गर्दै जाने पनि उनले प्रतिवद्धता ब्यक्त गरेका छन ।

अहिलेसम्म चल्दै आएको ‘सेल–मेला’ अबदेखि वार्षिक रुपमा बृहत्त प्रदर्शनीको रुपमा संचालन हुनेपनि उनको दाबी रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल जुत्ता उत्पादक संघका अध्यक्ष बासु रोकाले समाज कल्याण परिषद्ले उपलब्ध गराउदै आएको स्थानमा आफुहरुले मेलाको आयोजना नगर्नेबारे प्रष्ट पारेका छन ।

 

5ccee206e408c.jpg 5ccee209b9e1e.jpg 5ccee20b4ab89.jpg 5ccee20dda0ba.jpg 5ccee212a0c72.jpg 5ccee2146b24b.jpg 5ccee2168413b.jpg 5ccee219e7124.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको