Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले जनतालाई विकास होइन, सपना बाँड्यो : डा कोइराला

सोमबार, २३ बैशाख २०७६, ०७ : ५८ मा प्रकाशित

सरकारले जनतालाई विकास होइन, सपना बाँड्यो : डा कोइराला

अर्थ संसार, काठमाडौं– वर्तमान सरकारले जनतालाई सपना मात्र बाँडेको नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले मायादेवी गाउँपालिकाको डुमरामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले सरकारले जनतालाई पूरा गर्र्न नसक्ने सपना बाँडेको आरोप लगाउनुभयो । काङ्ग्रेस  केन्द्रीय सदस्य दीपक गिरीले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउनुभयो । अर्का केन्द्रीय सदस्य तथा सांसद अतहर कमालले सरकारले जनतालाई विभिन्न बाहानमा झुक्काएर सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लागउनुभयो ।

पूर्वराजदूत दीपककुमार उपाध्याय, सांसद अभिषेकप्रताप शाह, पूर्वपार्टी सभापति सुधारकर पाण्डेय, राजेश आचार्यलगायतले पार्टीमा गुटबन्दीलाई त्यागेर एकबद्ध भएर जानुपर्नेमा जोड दिएका थिए । सो अवसरमा माओवादीका पूर्वसभासद  ईन्द्रवती यादव, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, नेता चक्रधारी पाण्डेय, अब्दुर रउफलगायत काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको