Like us!
Follow us!
Connect us!
Watch us!

युके पाउण्ड स्ट्रलिङको आजको भाउ बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर

सोमबार, २३ बैशाख २०७६, ११ : १२ मा प्रकाशित

युके पाउण्ड स्ट्रलिङको आजको भाउ बढ्यो,  यस्तो छ अन्य देशको विनिमयदर

अर्थ संसार, काठमाडौं - आज सोमबार अमेरीकी डलरको खरिद तथा बिक्रीदर स्थिर रहेको छ।  सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर १११ रुपैयाँ ०५ पैसा तोकेको छ । 

त्यसैगरी सोमबार एक युरोपियन युरोको खरिददर १२३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर  १२४ रुपैयाँ ४२ पैसा रहेको छ।  आइतबार एक युरोपियन युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा रहेको थियो भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको थियो। आइताबारको तुलनामा खरिददर मूल्य ६२ पैसा र बिक्रीदर मूल्य ६६ पैसाले बढेको हो।  

त्यस्तै युके पाउण्ड स्ट्रलिङको आजको खरिददर १४५ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ३६ पैसा रहेको छ।  आइतबार युके पाउण्ड स्ट्रलिङको  खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको थियो।  आइतबारको तुलनामा युके पाउण्ड स्ट्रलिङको खरिददरमा १ रुपैयाँ ९७ पैसा बढेको छ भने बिक्रीदर १ रुपैयाँ ९८ पैसा बढेको हो।  

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २३ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २६ रुपैयाँ ८१ पैसा छ । 

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २९४ रुपैयाँ ५३ पैसा छ । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । 

5ccfcebaeb294.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको