Like us!
Follow us!
Connect us!
Watch us!

नागबेली लघुवित्तको नाफा १५.५२ प्रतिशतले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

सोमबार, २३ बैशाख २०७६, १३ : २१ मा प्रकाशित

नागबेली लघुवित्तको नाफा १५.५२  प्रतिशतले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं - नागबेली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड १२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष नागबेलीको नाफा १ करोड ८३ लाख ९१ हजार रुपैयाँ थियो । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा १५ दशमलव ५२ प्रतिशतले वृद्धि गरेको हो ।
 

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि बढेर  ५ करोड ९५ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ८३ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष संस्थाको ब्याज आम्दानि ५५ दशमलव १९ प्रतिशतले वृद्धि भएको हो।  यता जगेडा कोषमा पनि १० करोड ८४ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भमा ६ करोड ४५ लाख ९२ हजार रुपैयाँ मात्र रहेको थियो ।

 
नागबेली लघुवित्तको चुक्ता पुँजी १६ करोड ७६ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको