Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकले भिडियो च्याट एप बन्द गर्दै

सोमबार, २३ बैशाख २०७६, १३ : ५९ मा प्रकाशित

फेसबुकले भिडियो च्याट एप बन्द गर्दै

अर्थ संसार, काठमाडौं- फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो ।

द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो ।

फेसबुकले भनेको छ, ‘मेमा हामीले बोनफायर बन्द गर्दैछौं । हामीले यसबाट जे सिक्यौं त्यसलाई हामीले विद्यमान तथा भविष्यका अन्य प्रडक्टहरुमा सामेल गर्नेछौं ।’

मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन् ।

फेसबुकले इन्स्टाग्राम तथा मेसेन्जरजस्ता अन्य प्लाटफर्ममा पनि ग्रुप भिडियो च्याटलगायतका फिचर थप गर्दैछ ।

एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको