Like us!
Follow us!
Connect us!
Watch us!

फोरम र नयाँ शक्ति एकीकरण : समाजवादी पार्टी गठन

सोमबार, २३ बैशाख २०७६, १७ : १६ मा प्रकाशित

फोरम र नयाँ शक्ति एकीकरण : समाजवादी पार्टी गठन

अर्थ संसार, काठमाडौं– सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ ।

उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ ।

अध्यक्ष यादव र डा भट्टराईले आज  यहाँ आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाउनुभएको थियो ।

अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ । पार्टी केन्द्रीय समिति अध्यक्षमा यादव र सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले जिम्मेवारी पाउनुभएको छ ।

पार्टी एकीकरण घोषणापछि नेताद्वय यादव र डा भट्टराईले समाजवादी आन्दोलनको नयाँ युगको प्रारम्भ भएको र यसले सबैखाले उत्पीडनमा परेका जाति र  समुदायको हकहितका लागि हिमाल, पहाडदेखि तराईसम्म एकीकृत ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

5cd01d4433021.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको