Like us!
Follow us!
Connect us!
Watch us!

ओपो, च्याम्पियनशिप्स, विम्बलडनको आधिकारिक स्मार्टफोन पार्टनर

सोमबार, २३ बैशाख २०७६, १८ : २९ मा प्रकाशित

ओपो, च्याम्पियनशिप्स, विम्बलडनको आधिकारिक स्मार्टफोन पार्टनर

अर्थ संसार,  काठमाडौं – अल ईंग्ल्याण्ड लन टेनिस क्लब (एईएलटीसी), संग पार्टनरसिपगर्दै ओपो च्याम्पियनशिप्स, विम्बलडनको पहिलो आधिकारिक स्मार्टफोन पार्टनर र पहिलो एसियाली पार्टनर समेत बन्न सफल भएको छ ।  

विश्वमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले पछिल्ला समयमा खेल जगतमा एफसी बार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) संग आधिकारिक मोबाइल फोन पार्टनरका रुपमा सहकार्य गरिसकेको छ । यो नयाँ सहकार्यलाई ब्राण्डको टेनिस जगतमा पहिलो पाइलाका रुपमालिइएको छ ।

च्याम्पियन शिप्स २०१९ देखि ५ बर्षका लागिगरिएको यो सहमतिले दूई ब्राण्डको सहकार्यले प्रमुख विकासोन्मुखस बजारमा आफ्नो उपस्थिती सुदृढिकरणका लागि उब्जाउने पारस्परिक अवसरको प्रतिनिधित्व गर्छ ।

विम्बलडन ब्राण्डको सहयोग मार्फत ओपोले यूके र यूरोपेली बजारमा आफ्नो उपस्थितीलाई थप सशक्त बनाउनुका साथै बजारमा आफ्नो दिर्घकालिन लगानीको प्रतिबद्धता प्रदर्शित गर्नेछ । सहकार्यले एईएलटीसीलाई ओपोको उपस्थिती रहेका स्थानमा ब्राण्डको बलियो पहिचान स्थापित गर्न सहयोग मिल्ने छ, विशेष गरी चीनमा ।

विम्बलडनको आदर्श ‘ईन परस्यूट अफ ग्रेटनेस’ र ओपोको उत्पादनमानवप्रबर्तन र डिजाइनप्रतिको प्रतिबद्धतालाई मध्यनजर राख्दै यो पार्टनरशिपको मुख्य अंशच्याम्पियनशिप्समाओपोको स्मार्टफोन प्रविधिको प्रयोग हुनेछ ।ओपोको फ्ल्यागशिप स्मार्टफोन्स फाइण्ड एक्स र नयाँमोडल रेनोको प्रयोगबाट विम्बलडनको सुन्दरतालाई जीवन्तता प्रदान गर्दै कम्पनीले एकिकृृत र थप सटिकरुपमा वैश्विकस्तरमा उपभोक्तासंग अन्तरक्रियागर्ने आफ्नो उद्देश्य पूरा गर्नेलक्ष्यलिएको छ ।

दुई ब्राण्डको यो सहकार्य दर्शाउनका लागि ओपो स्मार्टफोनका माध्यमबाट खिचिएका केहीउत्कृष्ट तस्विरहरु ओपो विम्बलडन फोटो ग्यालरीमा समाविस्त गरिने छ । विम्बलडनमा प्रतिस्पर्धा गरिरहेका मध्य विलक्षण प्रदर्शन गर्न सफलयूवा खेलाडीहरुलाई कम्पनीका तर्फबाट ओपो ब्रेकथ्रो अवार्ड पनि प्रदान गरिने जानकारी दिइएको छ ।

ओपोले ब्यवसायिकग्रास कोर्ट सिजन र एईएलटीसी ग्रास कोर्ट रणनीतिको प्रचारका लागि पनि उल्लेखनिय भूमिका खेल्ने छ । विम्बलडन च्याम्पियन बन्ने लक्ष्यबोकेका जुनियर्सले आफ्नो विकासका लागि हरेक चरणमा ग्रास कोर्टमा खेल्ने अवसर पाउन् भन्नु यसको मुल उद्देश्य हो ।

‘हामी च्याम्पियनशिप्स, विम्बलडनको पहिलो एसियाली पार्टनर बनेको घोषणा गर्न पाउँदानिकै गौरवान्वित छौँ । च्याम्पियनशिप्स र हाम्रो हाम्रा उत्पादनमा नवप्रबर्तन र डिजाइनलाई विशेष प्राथमिकताका साथ पस्कने ब्राण्ड भ्यालु बिच ठूलो समानता छ ।’ ओपोका उपाध्यक्षब्रायन शेनले भने ‘यो सहकार्यले यूरोपेली बजारमा हाम्रो विस्तार योजनालाई थप बल प्रदानगर्ने र वैश्विक स्तरमाहाम्रो सन्देश पुर्याउन सघाउनेमा हामी विश्वस्त छौँ ।’

‘च्याम्पियनशिप्सका आधिकारिक आपूर्तिकर्ताहरुको परिवारमा ओपोको स्वागतगर्न पाउँदा हामीनिकै खुसी छौँ । ओपो स्मार्टफोन्सले विम्बलडनको आईकनिक सुन्दरतालाई हाम्रा विश्वभरका दर्शकमाझ पस्केको हेर्न हामीनिकै आतुर छौँ ।’ एईएलटीसीका कमर्सियल एण्ड मिडिया डिरेक्टर, मिक देसमण्डले भने ।

पार्टनरसिप घोषणाका लागिअल ईंग्ल्याण्ड क्लबमा आयोजित कार्यक्रममा ओपोका उपाध्यक्ष, ब्रायनशिन र एईएलटीसी कमिटी मेम्बर, टिम हेनम्यान र एईएलटीसीका कमर्सियल र मिडिया डिरेक्टर मिक देसमण्डले औपचारिक हस्ताक्षर गरी गरेका हुन् ।

5cd02f8e62b13.jpg 5cd02f8e7b36c.jpg 5cd02f8e8dd50.jpg 5cd02f8eb4ec8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको